सहिदभुमीमा ८२१ किशोरीले लगाए एचपीपी खोप

Hpp khop sahidvumi

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा ८ सय २१ जना किशोरीले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाएका छन् ।

सरकारले एचपीची खोप अभियान अन्तर्गत विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्दै गरेका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिएको थियो ।

सो क्रममा धनकुटामा भने गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन भएको एचपीची खोप अभियान सञ्चालन गरिएको थियो । सो अभियान अन्तर्गत अभियानमा सहिदभूमि गाउँपालिकाको २३ वटा विद्यालयका कक्षा ६ देखि १० सम्मका ८ सय २१ जना किशोरीलाई खोप लगाइएको स्वास्थ शाखा प्रमुख फकिर महोमत्तले जानकारी दिए । खोप अभियानमा २३ जना स्वास्थ्यकर्मी र ४६ जना स्वयमसेविकाहरु खटिएका थिए ।

यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिइएको छ । सहिदभूमि गाउँपालिको स्वास्थ्य शाखाबाट नियमित खोप तथा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु जेष्ठ नागरिकहरुका लागि स्वास्थ शिविर सञ्चालन लगायतका कार्यक्रम सञ्चालन गरिने स्वास्थ शाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको छथरमा घाँस काट्न गएका थापाको भेटियो शव

Khemrdj thapa

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ५ बोक्रेमा एक पुरुष मृत भेटिएका छन् । यही फागुन ३ गते आफ...