सहिदभूमिको खोकुमा एकीकृत घुम्ती शिविर सम्पन्न

Khoku shibir 24

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले शुरु गरेको एकीकृत घुम्ती शिविर अन्तर्गत आज वडा नं. ५ खोकुको वडा कार्यालयमा शिविर सम्पन्न भएको छ ।

खोकुमा भएको सो शिविरमा ९७ घरघुरी किसानले आफ्ना पशुपंक्षीको परिक्षण गराउनुका साथै औषधी उपचार गराएका छन् । ८३ जना सेवाग्राहीले स्वास्थ्य जाँच गराएका छन् ।

सो शिविरमा ६३ वटा गाईगोरु, २२ वटा भैसी, ६५९ वटा बाख्रा, १९९ वटा बंगुर र ८६१ वटा कुखुराको जाँच गरी महामारी जन्य औधषीहरु वितरण गरिएको थियो । पशु शाखा प्रमुख नगेन्द्र पौडेलका अनुसार आज २२ वटा कुकुर र ३ वटा बिरालोलाई रेविज विरुद्धको खोप पनि लगाइएको छ ।

सो शिविरमा ८३ जना सेवाग्राहीले स्वास्थ्य जाच गराएकामध्ये १३ जनाले इसिजी गराएका छन् । त्यस्तै ३६ जनाले आँखाको जाँच गराएका छन् भने २० जनाले कानको जाँच गराएका छन् । सो शिविरमा १६ जनाले ल्याव टेष्ट गराएका छन् । त्यसैगरी ५ जना महिलाले पाठेघरको मुखको क्यान्सरको जाँच गराए भने २ जनाले रिङ प्रेसर लगाएका छन् । आज २ जनालाई अपांगता परिचय पत्रसमेत वितरण गरिएको अनमी वर्षा लिम्बुले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...