धनकुटा नगरपालिकामा १९११ किशोरीले लगाए एचपीभी खोप

Dhankuta nagarpalika

धनकुटा । धनकुटा नगरपालिकामा १ हजार ९ सय ११ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएका छन् ।

सरकारले गत माघ २२ गते देखि फागुन ६ गतेसम्म देशभर एचपीभी खोप अभियान सञ्चालन गरेको थियोे । गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन भएको एचपीभी खोप अभियान अन्तर्गत धनकुटा नगरपालिकाको पालिकाको २९ वटा विद्यालय र १० वटा स्वास्थ्य केन्द्रबाट जम्मा १ हजार ९ सय ११ जना किशोरीले एचपीभी खोप लगाएका हुन् ।

धनकुटा नगरपालिकामा नियमिततर्फ ३४७ र अभियान अन्तर्गत १५ सय ६४ जनाले एचपीभी खोप लगाइएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए । आगामी वर्षदेखि कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका सबै किशोरीहरुलाई खोप दिइने स्वास्थ शाखा भण्डारीले बताए । 

सो खोप अभियानमा १५ सय ३८ जनालाई खोप लगाउने लक्ष्य राखिएको भए पनि पालिकाभन्दा बाहिरबाट आएका किशोरीसमेत समेट्दा धनकुटा नगरपालिकाले लक्ष्यभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाएको उनले बताए । सो खोप अभियानमा ४० जना स्वास्थ्यकर्मी र ८० जना स्वयमसेविकाहरु खटिएका थिए ।

यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिइएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्यादै तामझामका साथ सम्पन्न गरेको एचपिभी खोप अभियानमा लगाइएको चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको खोप प्रमाणीकरण नै (लट रिलिज) नगरी लगाइएको खुलेसँगै यसको चौतर्फी विरोध पनि हुन थालेको छ ।

नेपालमा जति पनि खोप कार्यक्रम छन् ती नियमित सञ्चालन भएका खोप कार्यक्रममा प्रयोग हुन आउने प्रत्येक खोपको स्वास्थ्य सेवा विभागले प्रमाणीकरण गर्ने व्यवस्था छ । औषधि ऐन, २०३५ ले औषधि र औषधिजन्य वस्तुको गुणस्तर यकिन गर्ने अधिकार औषधि व्यवस्था विभागलाई दिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको छथरमा घाँस काट्न गएका थापाको भेटियो शव

Khemrdj thapa

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ५ बोक्रेमा एक पुरुष मृत भेटिएका छन् । यही फागुन ३ गते आफ...