धनकुटाको छथरमा ७२२ जना किशोरीले लगाए एचपीभी खोप

Jorpati dkt

धनकुटाको छथरजोरपाटी गाउँपालिकामा ७ सय २२ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएका छन् ।

सरकारले गत माघ २२ गते देखि फागुन ६ गतेसम्म देशभर सञ्चालन गरेको एचपीभी खोप अभियानअन्तर्गत छथरजोरपाटी गाउँपालिकाको ६ वटाका २६ वटा विद्यालय र ८ वटा स्वास्थ्य केन्द्रबाट ७ सय २२ किशोरीले एचपीभी खोप लगाएका हुन् ।

स्वास्थ शाखा प्रमुख सुन्दरमान ढंगोलका अनुसार यो वर्ष सरकारको लक्ष्य अनुसार नै विद्यालय जाने र विद्यालय बाहिर रहेका किशोरीलाई एचपिभी खोप लगाइएको र आगामी वर्षदेखि कक्षा ६ सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समुहका सबै किशोरीहरुलाई नियमित रुपमा एचपीभी खोप लगाइने छ ।

सो खोप अभियानमा २६ जना स्वास्थ्यकर्मी र ५२ जना स्वयमसेविकाहरु खटिएका थिए । सरकारले सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई यो खोप लगाउने लक्ष्य लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको छथरमा घाँस काट्न गएका थापाको भेटियो शव

Khemrdj thapa

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ५ बोक्रेमा एक पुरुष मृत भेटिएका छन् । यही फागुन ३ गते आफ...