जेष्ठ नागरिक संघ धनकुटा -७ को सातौं अधिवेसन सम्पन्न

धनकुटा । जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका वडा नं. ७ को सातौं अधिवेसन सम्पन्न भएको छ । सो अधिवेसनले सुदर्शन घिमिरेको अध्यक्षतामा १५ सदस्य वडा कार्य समिति चयन गरेको छ ।
सो समितिको वरिष्ठ उपाध्यक्षमा गुणराज श्रेष्ठ, उपाध्यक्षमा सरिता लक्ष्मी श्रेष्ठ, सचिवमा रामबहादुर श्रेष्ठ, सहसचिवमा कमला पाण्डे, कोषाध्यक्षमा लालबहादुर बस्नेत चयन भएका छन् । सो अधिवेसनले इन्द्रप्रसाद अधिकारी, भावगत कृष्ण श्रेष्ठ, कृष्णप्रसाद लुइटेल, विन्दिला श्रेष्ठ लगायतलाई सदस्य चयन गरको छ ।
यसअघि भएको उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रोशेस श्रेष्ठ, वडा नं. ८ का वडाध्यक्ष रसबहादुर राई, जेष्ठ नागरिक महासंघ कोशी प्रदेश सदस्य दुर्गाबहादुर न्यौपाने, जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष रामबहादुर श्रेष्ठ, जेष्ठ नागरिक संघका सहसचिव तिलकप्रसाद राई, जेष्ठ नागरिक संघ धनकुटा नगर कमिटी अध्यक्ष पृथसिंह दाहाल, सामाजिक अभियान्ता जेपी भुजेल, विश्रान्ती मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरे, उपाध्यक्ष शंकर दाहाल लगायतले शुभकामना दिएका थिए ।
जेष्ठ नागरिक संघका बुद्धिकान्त घिमिरेको सभापतित्वमा भएको सो अधिवेसन उद्घाटन कार्यक्रमको रामबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए भने स्वागत उपाध्यक्ष सरितालक्ष्मी श्रेष्ठले गरेकी थिइन् ।
सो अवसरमा बुद्धिकान्त घिमिरे, हरिकुमार डंगोल, जगतबहादुर श्रेष्ठ, डम्बरकुमारी सुवेदी, वडा नं. ७ का वडाध्यक्ष रोशेस श्रेष्ठ, वडा नं. ८ का वडाध्यक्ष रसबहादुर राई, फुलमाया विक र सुखमाया दमार्ई सम्मान गरिएको थियो भने दृष्टिविहीन धनकुटा ७ की शारदा राईलाई नगदसहित सम्मान गरिएको थियो । सो कार्यक्रममा ३१ जना जेष्ठ नागरिकहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस