हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु

धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।
मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर नगरपालिका वडा नं. ९, मूर्तिढुंगाका ७८ वर्षीय प्रेम बहादुर लिम्बूको गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो राति खानासँग सुँगुरको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर गम्भीर बिरामी हुनुभएका लिम्बुको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा हिजै राति साँढे १० बजे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कायाृलय धनकुटाका डिएसप ीओम प्रकाश खनालले जानकारी दिनुभयो ।
पोस्टमार्टम लगायत अन्य कानुनी प्रक्रिया तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस