धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम्मानित भएका छन् ।
आजदेखि धनकुटामा शुरु भएको तेस्रो संस्करणको कोप्चे उत्सवको अवसर पारेर पत्रकार घिमिरेलाई पत्रकारीताको माध्यमबाट पूरानो ब्यापारिक केन्द्र कोप्चे क्षेत्र तथा समग्र धनकुटाको प्रचार र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै पूनर्जागरण अभियानले दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेको हो ।
घिमिरेलाई कोप्चे पूनर्जागरण अभियानका कार्यवाहक अध्यक्ष रिदम श्रेष्ठ, धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल र कोप्चे उत्सवका संयोजक उज्वल कर्माचार्यले सम्मान पत्र प्रदान गरे ।
धनकुटाको तेलियामा जनिमएका घिमिरेले २०५८ सालमा धनकुटा साप्ताहिकबाट पत्रकारीता शुरु गरेका थिए । उनी १७ वर्षदेखि लगातार रुपमा कान्तिपुरमा कार्यरत छन् । उनी कानितपुर टेलिभिजनको उपसम्पादकसमेत हुन् । उनी प्रेस युनियन धनकुटाका अध्यक्ष समेत हुन् ।
कोप्चे उत्सव शुरु
नयाँ बर्ष २०८२ को अबसर पारेर धनकुटाको बिहीबारे हटियामा आजबाट तेश्रो संस्करणको कोप्चे फेष्टिवल सुरु भएको छ । धनकुटा सदरमुकामको बिहीबारे हटियामा मैलिकताको संरक्षण र पर्यटन प्रवर्द्धन भन्ने मुल नाराका साथ कोप्चे फेस्टिवल आयोजना गरिएको हो ।
कोप्चे पुनर्जागरण अभियानले संयोजन गरेको फेष्टिवलको माध्यमबाट सीमान्तकृत आठपहरिया र नेवारी समुदायको मौलिकता, खानपान, रहनसहन, यहााका साास्कृतीक तथा सम्पदाको संरक्षण र प्रवर्द्धनको उदेश्य राखिएको छ । तीन दिन सम्म संचालन हुने फेष्टिवलमा आठपहरिया र नेवारी खानाका परिकार, भेषभूषा, पुराना तस्बीर प्रदर्शनी तथा संस्कारसंस्कृति झल्कने स्टलहरु राखिएको छ ।
प्रतिकृया दिनुहोस