भारतमा लुक्दै भाग्दै पक्राउ परेका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

Durga prasain 3

काठमाडौं । भारतमा लुक्दालुक्दै पक्राउ परेको तीनकुने घटनाका मुख्य कमाण्डर भनिएका दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।

यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो । उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि प्रहरीले समय समय मागेको हो । भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पूर्वी नाका काँकडभिट्टा हुँदै भागेका दुर्गा प्रसाईं भारतको राजधानी नयाँदिल्ली, प्रयागराज र लखनउसमेत पुगेको भेटिएको छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूले पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिरेका प्रसाईं त्यहाँबाट नयाँदिल्ली, लखनउ लगायतको स्थानमा पुगेको आधार भेट्टाएका छन् । उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...