अल नेपाल होमियोप्याथिकको ११औं महाधिवेसन सम्पन्न, डा. विष्णुराज मिश्र अध्यक्ष चयन

धनकुटा । अल नेपाल होमियोपेथिक एसोसिएसनको ७५औं साधारणसभा तथा ११औं महाधिवेसन धनकुटामा सम्पन्न भएको छ ।
सो महाधिवेसनले डा. विष्णुराज मिश्रको अध्यक्षतामा २५ सदस्य नयाँ कार्यसमति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा डा. अम्बिका प्रसाद ज्ञवाली, उपाध्यक्षहरुमा डा. शंकरराज पौडेल, डा. भिखर राय, डा. अनवर हुसेन र डा. श्रीबद्रीप्रसाद अधिकारी चयन भएका छन् ।
सो महाधिवेसनले डा. विरोधकुमार महतोलाई महासचिवमा चयन गर्दा कोषाध्यक्षमा मनोरमा जैसवाललाई चयन गरेको छ । डा. हिराकाजी श्रेष्ठ, डा. सन्जिवकुमार कर्ण, डा. निशा अधिकारी लगायतलाई चयन गरेको छ ।
महाधिवेशनको उद्घाटन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले होमियो सम्बन्धी ऐन बनाउन प्रदेश सरकार तयार रहेको बताएका छन् । उद्घाटनमा बोलाइएको भए पनि बन्दसत्र चलिरहेका बेला कार्यक्रममा आइपुगेका मन्त्री राईले मन्त्रालयमा छुट्टै महाशाखा राख्ने र छुट्टै बजेट विनियोजन गर्न तयार रहेको बताए ।
नीति बनाउने विषयमा सबै पक्ष बसेर छलफल गर्नुपर्ने बताउँदै मन्त्री राईले यस विषयमा आफूहरुलाई पनि कम जानकारी रहेकोले नागरिकसम्म धेरै कम जानकारी रहेको बताए । उनले त्यसको लागि एसोसिएसन र प्रदेश सरकार मिलेर प्रचार गर्नुपर्ने पनि बताए ।
केन्द्रिय महाधिवेशनमा सातै प्रदेशबाट प्रतिनिधी सहभागि रहेको एसोसिएसनका निवर्तमान अध्यक्ष खगेन्द्र कटुवालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस