चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ ।
धनकुटाकै पहिलो सामुदायीक रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविताको नवौं श्रृंखलासम्म आइपुग्दा धनकुटाका साहित्यप्रेमीसहित पेशाकर्मीहरुको समेत सहभागीता बढ्दो क्रममा रहेको छ । नेपाल पत्रकार महासंघ धनकुटाको हलमा भएको नवौं श्रृंखलामा कविता, मुक्तक, गजल वाचनका साथै गीत पनि प्रस्तुत गरिएको थियो ।
चियासँग कविता कार्यक्रमको नवौं श्रृंखलामा कविहरु डा. गोपाल बहादुर भट्टराई, मुकुन्द प्रयास, भीम राई, रमेशचन्द्र अधिकारी, डिल्लीराम फुँयाल, भुषण श्रेष्ठ, निर्मला कुँवर, जयादेवी पाख्रेलले आआफ्ना सिर्जनाहरु प्रस्तुत गर्दा धनगढीबाट आएका सर्जक डा. शंकर राज पौडेलले समेत साहित्यीक सिर्जना प्रस्तुत गरे । सो चियासँग कविता श्रृंखलाको नवौं श्रृंखलामा ललित विश्वकर्माले राष्ट्रभक्ति गीत गाएका थिए ।
सो कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक इच्छापूर्ण राईले नेपाली साहित्यको विकास ज्ञात अज्ञात तरिकाले नै विकास भइरहेकाले धनकुटामा थालनी भएको चियासँग कविता कार्यक्रम साहित्यीक विकास क्रममको एउटा रुप भएको बताए । उपप्राध्यापक राईले चियाँसँग कविता कार्यक्रम नामै काफी भएकाले यसको निरन्तताको कामना गर्दै धनकुटामा हुने यस्ता कार्यक्रमले धनकुटामा रहेका सर्जकहरुलाई सक्रिय बनाउन मद्यत पुग्ने बताए ।
सो कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापा, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, राजनीतिकर्मी डम्बर कट्वाल, दलित महिला संघ धनकुटाकी अध्यक्ष लक्ष्मी परियार लगायतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस