चियाँसँग कविता कार्यक्रममा साहित्यप्रेमीहरुको सहभागीता र समर्थन बढ्दै

धनकुटा । धनकुटामा भइरहेको चियाँसँग कविता कार्यक्रममा धनकुटाका साहित्यप्रेमिहरुको सहभागीता र समर्थन बढ्दै गएको छ ।
धनकुटाकै पहिलो सामुदायीक रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविताको सातौं श्रृंखलासम्म आइपुग्दा धनकुटाका साहित्यप्रेमीको सहभागीता बढ्दो क्रममा रहेको छ । नेपाल पत्रकार महासंघ धनकुटाको हलमा शुक्रबार भएको सातौं श्रृंखलामा कविता, मुक्तक, गजल वाचनका साथ गीत संगीतको प्रस्तुतीले साहित्यमय बनेको थियो ।
गायकहरु गौरवनारायण राईका साथै ललित विक, चन्द्रकला धमला र रमेशचन्द्र अधिकारी, यज्ञकुमारी रुचालले हललाई गीतमार्फत उत्साही बनाएका थिए भने दर्जनौं कविहरुको सिर्जना प्रस्तुतीले धनकुटामा साहित्य पुनरजागृत भएको आभास दिलाएको थियो ।
सो कार्यक्रममा कविहरु मुकुन्द्र प्रयास, भीम राई, गीता अधिकारी, मिनप्रसाद अधिकारी, गोपाल बराइली, सन्तोष सुवेदी, विदुर खवास, यज्ञकुमारी रुचाल, ललित विक, जयादेवी पोख्रेल लगायतले कविता वाचन गरेका थिए भने भुषण श्रेष्ठ, डिल्लीराम फुयाँल लगायतले मुक्तक वाचन गरेका थिए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, सामुदायीक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापा लगायतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस