भारतबाट पक्राउ परे राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाइँ, नेपाल ल्याइँदै

प्रसाईंले भारतमा आत्मसमर्पण गरेको सचिवालयको दाबी

Durga prasai in his car

काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

प्रसाईलाई झापाको काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ । प्रसाईसँगै भागेका उनका सहयोगीहरू भने आफै नेपाल फर्किँदै छन् ।

तीनकुने हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईंले भारतमा आत्मसमर्पण गरेको उनको सचिवालयले दाबी गरेको छ । भारतको असाम राज्य प्रहरीसमक्ष प्रसाईंले आत्मसमर्पण गरेको सचिवालयको भनाइ छ ।

सचिवालयले भनेको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियान का सयोजक श्री दुर्गा प्रसाईंले ज्युले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ । हिजो मात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौँ, भनेका थियौँ र आज उपस्थित भयौँ ।’

प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो । उनी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । सुरूमा सीआईबी र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी थालेपनि पछि प्रसाईँलाई खोज्ने जिम्मा प्रहरीको विशेष ब्युरोले लिएको थियो ।

यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो ।

तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो । निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

काठमाडौँको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको सूचना प्रहरीले घटनाको केही दिनमै पाइसकेको थियो । प्रहरीले तीनकुनेबाट उनलाई लिएर गएको गाडी प्रसाईंकै झापास्थित मेडिकल कलेज बीएन्डसीमा फेला पारेको थियो । बागमती प्रदेशको बी-ए-बी ४२०८ नम्बरको स्कोर्पियो अहिले अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा टेकुमा राखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...