माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा

27379b67 7094 47c2 9b74 b58456840242

नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा शर्मासहित २३ सदस्यीय टोली चीन भ्रमणमा गएको हो ।

उच्चस्तरीय भ्रमण टोली चीनको चोङकिङ सहर पुगेको छ । माओवादी टोली अप्रिल १७ अर्थात् २०८२ वैशाख ४ गते स्वदेश फर्किने छ ।माओवादी केन्द्रको भ्रमण टोलीमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझी लगायत छन् ।

यसैगरी वुद्धिजीवी संगठनका अध्यक्ष कृष्ण केसी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, अखिल क्रान्तिकारीका नेता आशा उपरकोटी, जनप्रशासन क्याम्पसका स्ववियु सभापति अनिकेत तिवारी पनि भ्रमण टोलीमा छन् ।

चोङकिङ विमानस्थलमा चोङकिङ नगरपालिकाको चिनियाँ कम्युनिष्ट पार्टी स्कुल विभागका नेता वाङ तियानलियाङ्गले माओवादी नेताहरुलाई स्वागत गरेका थिए । माओवादी केन्द्रका नेताहरुले चोङकिङ सहरको अन्तर्राष्ट्रिय लजिस्टिक हब पार्कको भ्रमण गरेका छन् ।

चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहका ४ सहरहरुमध्ये एक हो । हाल चीन सरकारले यो सहरलाई बेल्ट एण्ड रोड र याङ्जे रिभर इकोनोमिक बेल्टको एक महत्वपूर्ण आधारको रुपमा विकास गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...