नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन

Uml dkt 10

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्न गरेको छ । धनकुटा नगरपालिका वडा नं. १० को दोस्रो वडा अधिवेशन सम्पन्न गरेसँगै १० वटै वडाको दोस्रो वडा अधिवेसन सम्पन्न गरेको हो ।

शनिबार वडा नं. १० को वडा अधिवेसनले ज्ञानेन्द्र घिमिरेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा चन्द्र कृष्ण ठकुरी, सचिव लाखबहादुर राई, उपसचिवद्वयमा ठगेन्द्र दाहाल र पबित्रा दाहाल निर्वाचित भएका छन् ।

सो दोस्रो वडा अधिवेसनमा नेकपा एमाले प्रदेश कमिटी सदस्य रामकुमारी राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, जिल्ला कमिटी सदस्य खड्ग भट्टराई, धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन छारा, सचिव लक्ष्मण घिमिरे, नगर कमिटी प्रचार विभाग प्रमुख तुलसा पौडेल, अनेरास्ववियुका अध्यक्ष युवा तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

नेकपा एमाले धनकुटा नगर कमिटी अध्यक्षहरुमा वडा नं. १ देखि वडा नं. १० सम्म क्रमस भुपाल तामाङ, टिकाराम दर्लामी मगर, पुर्णलाल राई, अगमशेर राई, उमेश राई, बिस्णु पुलामी मगर, जंग बहादुर राई, चौतिसलाल राई, भीम ढकाल, ज्ञानेन्द्र घिमिरे चयन भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...