शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन

Sher bahadur deuba

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको ६ महिनामै कामको मूल्यांकन गर्नु राम्रो नहुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्नेक्रममा देउवाले उनले नेकपा एमालेसँग भएको कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताए । उनले भने, ‘विगतमा राजनीतिक स्थिरता नुहँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो ।’

‘सात बुँदे कार्यान्वयनमा सन्दर्भमा कांग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ । र, अन्य राजनीतिक दलहरुको (सत्तारुढ) पनि निरन्तर सहयोग रहने विश्वास रहेको छ’, देउवाले भने । देउवा सरकारले राम्रो गरे र ६ महिनामै मूल्यांकन गर्नु राम्रो नहुने भएकाले परिणाम राम्रो दिनेछ भन्ने विश्वास छ ।’

सरकारले राम्रो काम गर्दै जाने विश्वास लिएको पनि बताए । उनले भने, ‘कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त समय होइन ।’ उनले राजनीतिक अस्थिरता र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेकोले कांग्रेस(एमाले मिलेर सरकार बनाएको पनि बताए ।

‘वर्तमान सरकार गठन भएको साढे छ महिना पूरा भएको छ। विगतमा सरकार स्थिर हुन नसकेको कारण देशको राजनीतिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको हुँदा यो सरकार गठन गरिएको हो’, उनले भने, ‘नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेबीच सात बुँदे सहमति भएर सरकार गठन भएको हो । हामी दुबै दलका साथै अन्य राजनीतिक दलहरूको पनि सरकारमा सहभागिता र समर्थन रहेको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अछाम घटना : प्रेम प्रस्ताव अस्वीकार गर्दा दुई किशोरीको हत्या, यसरी खुल्यो रहस्य

Achham ghatana

अछाम । अछामको ढकारी गाउँपालिका -१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया...