ओमिक्रोन तीव्र गतिमा फैलिएपनि अरु भन्दा कम घातक छ : डा. पुन

Sherbahadur pun dr

काठमाडौं । ओमिक्रोन बिजुली गतिमा फैलन सक्ने तर घातकता भने डेल्टाभन्दा कम साबित भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनले बताएका छन् ।

पुनले डेढ महिनायताका अध्ययन, अनुसन्धान र विभिन्न देशहरूमा ओमिक्रोन अनुभवलाई आधार मान्दा पनि यसलाई पुष्टी गरेको बताए ।

कोरोना संक्रमितका नमूनाहरूमध्ये एक चौथाइमा एस–जीन नेगेटिभ देखिएको र त्यसमध्ये २४ जनाको जीन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा जनाइएको पुनले बताए ।

पुनले भने, ‘पुस महिनाभरि संकलन गरिएका २२ प्रतिशतमा ओमिक्रोन देखिँदा पनि संक्रमितहरूमा जटिल अवस्था देखिएर अस्पताल भर्ना हुने चाप वा मृत्युदरमा भने उल्लेखनीय वृद्धि भएको भने देखिएन ।’

भारतमा बढ्दो संक्रमण र नेपालमा ओमिक्रोन भेरियन्टको सरप्राइज उपस्थितिले तेस्रो लहरको संकेत गरेको उनले बताए । 

‘तर त्यो लहर संक्रमितको संख्यामा मात्र सीमित हुने हो कि मृत्युदरको अनुपातलाई पनि बढाइदिने हो भनेर हेर्न जरूरी हुन्छ,’ पुनले भने । 

डा.पुनले भारतमा हाल कोरोना संक्रमितको संख्याले दैनिक एक लाख पार गरेको तर कडा लक्षण लिएर अस्पताल भर्ना हुनेको संख्याको अनुपात भने धेरै कम देखिएको बताए । 

उनले भने, ‘अन्तर्राष्ट्रिय समाचारमा जनाइएअनुसार मुम्बईमा देखिएका संक्रमितहरूमध्ये झन्डै ९० प्रतिशतमा लक्षण नै थिएन (वा सामान्य थियो) भने ८ प्रतिशतमात्र अस्पताल भर्ना भएका थिए ।’
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भारतबाट पक्राउ परे राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाइँ, नेपाल ल्याइँदै

Durga prasai in his car

काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका...