राप्ती आँखा अस्पतालमा बहिरङ भवन शिलान्यास
दाङ । राप्ती आँखा अस्पतालमा ५ करोडको लागतमा आधुनिक सुविधा सम्पन्न बहिरङ भवन निर्माण हुने भएको छ ।
सांसद वुद्धिराम भण्डारी र समाजसेवी दातानारायण आचार्यले बुधबारआयोजित कार्यक्रममा भवनको शिलान्यास गरे ।
कार्यक्रममा समाजसेवी प्रकाश आचार्यले सो भवनका लागि ५ लाख सहयोग गरे । त्यस्तै सांसद वुद्धिराम भण्डारीले सांसद विकाश कोषबाट २० लाख सहयोग उपलल्ध गराउनु भएको छ भने बाँकी रकम अन्य दातृ निकायबाट सहयोग र अस्पतालको कोषबाट व्यहोरिने छ ।
प्रतिकृया दिनुहोस