उम्मेदवारी दर्ता गर्ने दिन बन्द

तीनबुँदे सहमति कार्यान्वयन मधेशी मोर्चाको ठहर

Maqdhesi morcha

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको निर्वाचन भाड्न बन्दको घोषणा गरेको छ ।

उम्मेदवारी दर्तालाई असफल बनाउन दुई दिन बन्दको घोषणा गरेको छ । राजपाले उम्मेदवारी दर्ता असफल बनाउन १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान गरेको हो ।

राजपाको बैठकले माग सम्बोधन नभएसम्म निर्वाचनसम्वन्धी सबै कार्यक्रम विथोल्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । घोषित कार्यक्रम अन्तर्गत १३ गते उपमहानगर र नगरपालिकामा मसाल जुलुस प्रदर्शन, १४ गते लाठी जुलुस र १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने रहेका छन् ।

शुक्रबार बसेको गठवन्धनको बैठकले तीनबुँदे सहमति कार्यान्वयन नभएको र पूर्व सहमति अनुसार मुद्दा फिर्ता नभएको ठहर गरेको छ ।

राजपा नेपाललाई चुनावमा सहभागी गराउन सरकारले २२ स्थानीय तह थप गरेको थियो । साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै थप गरिएको स्थानीय तहको २२ संख्या अपुग एवं सीमाीकन अवैज्ञानिक तथा समझदारी विपरित भएकाले यो हामीलाई स्वीकार्य छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...