अग्रज पत्रकार भैरव रिसालको निधन, अन्त्येष्टिका कार्यक्रम नहुने

Bhairab risal

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । रिसालको राति पौने ८ बजे निधन भएको उनका माइला भाइ पुरू रिसालले पुष्टि गरे ।

उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए । सोही बमोजिम रिसालले शरीर दान गरेकाले रिसालको शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको उनका भाइ पुरु रिसालले लाई बताए । भाइ पुरु रिसालका अनुसार भैरव रिसालको कुनै पनि अन्त्येष्टिका कार्यक्रम हुँदैन ।

पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् । ९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहे ।

रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे भने उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउथे । उनी रासससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए ।

पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गरेका थिए । उनी जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय थिए ।

रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार पनि भएका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित उनले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए । जनगणनाका क्रममा हाल भारतीय नियन्त्रणमा रहेको नेपाली भूभाग लिम्पियाधुरा क्षेत्रको समेत गणना गरेका थिए ।

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...