धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख बरावरको क्षति भएको छ ।

शनिबार साँझ पाख्रीबास नगरपालिका वडा नम्बर ९ उत्तरपानी स्थित अमर श्रेष्ठको काठ पात र टिनको छानोले बनेको २ तले घरमा करेन्ट सर्ट भई आगलागी भएको थियो । सो घरमा आगलागी भएकोपछि धनकुटा नगरपालिकाको १ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयका सहयोगमा राती ११ बजे मात्रै आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट सो घरमा रहेको किराना होलसेल पसल, पसलमा रहेको सम्पुर्ण सामानहरु तथा नगद ५ लाख पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । त्यसैगरी श्रेष्ठको अर्को निर्माणधीन २ तल्ले पक्की घरको झ्याल र ढोका र वाल समेतमा क्षति हुँदा ११ करोड ६ लाख बराबरको क्षति भएको छ ।

अमर श्रेष्ठको घरमा लागेको आगो सल्किन गई छिमेकी खगेन्द्र घिसिङको २ तल्ले निर्माणधिन घर आंशिक रुपमा क्षति भएको वडाध्यक्ष सम्झना आलेले जानकारी दिए । घिसिङको घरमा आंशिक आगलागी हुदा ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटा इनिस्पिेक्टर सुमन खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...