नेकपा एमाले पाख्रिवास -७ मा भण्डारी चयन

Uml muga 7

धनकुटा । नेकपा एमाले पाख्रिवास नगरकमिटी वडा नं. ७ को दोस्रो वडा अधिवेसन सम्पन्न भएको छ ।

सो दोस्रो अधिवेसनले वाबुराम भण्डारीको अध्यक्षतामा २९ सदस्य वडा कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा कमला विश्वकर्मा, सचिवमा गोविन्द भण्डारी, उपसचिवद्धयमा निलबहादुर बस्नेत र शर्मिला राई रहेका छन् ।

सो अधिवेसनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र राईले आफुले मुगाको विकासका लागि पर्याप्त पहल गरेको बताए । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका राईले देशको विकास र राष्ट्रियताको रक्षा एमालेबाट मात्रै हुने भएकालेले एमालेमा जनताको आशा र भरोसा भएको बताए । उनले वर्तमान सरकारले जनतालाई कहिले निरास हुन नदिने बताउँदै आफुले धनकुटाकोका लागि हरदम लागिपर्ने बताए ।

सो अधिवेसनमा नेकपा एमाले कोशी प्रदेश सदस्य तथा पाख्रिवास इन्चार्ज खण्डमान राई, कोशी प्रदेश सदस्य तथा सहिदभुमी गाउँपालिका इन्चार्ज सावित्रा राई, जिल्ला कमिटी सदस्य नम्रता गौतम, नेकपा पाख्रिवासन नगरकमिटी अध्यक्ष सिताराम राई, पाख्रिवास नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सरोज राई, वडा नं. ७ का वडाध्यक्ष देवेन्द्र तामाङ लगायतको उपस्तिथी रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...