कार्यपालिका सदस्य मनकला लिम्बूद्धारा १७५ थान कुर्सीहरु वितरण

Kusci bitaran

धनकुटा । धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य मनकला लिम्बूले धनकुटाका विभिन्न ७ वटा संस्थाहरुलाई कुर्सीहरु वितरण गरेकी छन् ।

कार्यपालिका सदस्य लिम्बुले कार्यपालिका कोषबाट, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, नेवा दबु, दलित महिला संघ फेडो, आठपहरीय राई समाज, भुजेल समाज र कुलुङ समाजलाई प्रति संस्था २५ वटाका दरले १ सय ७५ वटा कुर्सी वितरण गरेकी हुन् ।

धनकुटा नगर कार्यपालिकाको न्यायिक समिति सदस्यसमेत रहेकी मनकला लिम्बुले कार्यपालिका कोषबाट प्रति संस्था १३ हजार ५ सयका दरले २५÷२५ वटा कुर्सी वितरण गरेकी हुन् । लिम्बुले कार्यपालिका कोषबाट अन्य कामहरु पनि गर्न बाँकी रहेको बताइन् ।

धनकुटा नगरपालिकाले केही वर्षयता संसदीय अभ्यासझैं कार्यपालिका सदस्यहरुलाई वार्षिक २ लाखका दरले रकम विनियोजन गर्ने गरेको छ । कार्यपालिका सदस्यहरुले सो रकमलाई पालिकाभित्र खर्च गर्न पाउँछन् । नेपाली कांग्रेसबाट विजयी भएका कार्यपालिका सदस्यहरुले चाँही पार्टीका तर्फबाट जनप्रतिनिधि नभएका वडाहरुमा खर्च गर्नुपर्ने प्रावधान बनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...