नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको अधिवेशन, गोविन्द राई अध्यक्ष चयन

Sixyak dkt gathan

धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सो अधिवेसनले भाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

जसको महिला उपाध्यक्षमा राधिका भण्डारी, खुल्ला उपाध्यक्षमा जिवनाथ घिमिरे, सचिवमा शान्तिला तामाङ, सहसचिवमा भुपाल कार्की, कोषाध्यक्षमा अनिल तिमिल्सिना र सहकोषाध्यक्षमा कल्पना राई चयन भएका छन् ।

सो समितिको सदस्यहरुमा कमला तामाङ, हेममाया मादेन, प्रेम कार्की, रोशन खड्का, रमेशबहादुर घिमिरे, मानबहादुर राई, किशोर भण्डारी, लालबहादुर राई, जिवन राई, हेमचन्द्र विश्वकर्मा, सुकदेव अधिकारी, ताराणीप्रसाद गुरागाँई, मोहन कुमार राई, खेमराज वस्ती, गोविन्द वस्ती र करुणा राई मादेन रहेका छन् ।

त्यसैगरी आइतबार सम्पन्न सो अधिवेसनले बिमला लिम्बु, दण्डपाणी अधिकारी र भरतप्रसाद अधिकारीलाई राष्ट्रिय महाधिवेसन प्रतिनिधि चयन गरेको छ भने श्रृजना जोशी, पुष्कर गुरागाई, काजीनारायण खड्का र सुनलाल मगरलाई प्र्रदेश प्रतिनिधि चयन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...