काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए । ‘रुघा, खोकी, दम, ज्वरो, टाइफा...