सिएमसीसँगको ठेक्का रद्द, मेलम्चीको खानेपानी आउने अनिश्चित

Melamchi aayojana

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको इटालियन कम्पनी सिएमसीसँगको ठेक्का रद्द भएको छ । केही समयदेखि सरकार र सिएमसीका बीचमा अदालत र वार्ताको प्रक्रिया चलिरहेको थियो । तर, पटकपटक सम्पर्कमा बोलाउँदासमेत नआएपछि सरकारले ठेक्का रद्द गर्ने निर्णय गरेको हो ।

सरकारको ताकेतालाई कम्पनीले अटेर गरेपछि आइतबार ठेक्का रद्द गर्ने निर्णय सरकारले गरेको हो । यो निर्णयसँगै सिएमसीले राखेको धरौटी समेत अब सरकारले जफत गर्ने छ ।

योसँगै मेलम्चीको पानी पिउने काठमाडौंबासीको सपना पनि अन्योलमा परेको छ । सरकारको यो निर्णयसँगै मेलम्चीको पानी काठमाडौं आउने समय थप पछि धकेलिएको छ ।

२०७१ सालमा सरकार र इटालियन कम्पनीका बीचमा सुरुङ खन्ने सहमति भएको थियो । खानेपानी काठमाडौं भित्र्याउन सुरुङ खन्ने कार्य भने पूरा भइसकेको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।

१७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्न पुगेको आयोजनाले जनाएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ ।

केही समय पहिले सरकारले धरौटी जफत गर्ने तयारी गरेको थियो । इटालियन कम्पनीले आफू टाट पल्टेको घोषणा गरेर कर्मचारी देश फर्काउन खोज्दा सरकारले सो कम्पनीका आठ कर्मचारीको पासपोर्ट जफत गर्दै नेपालमै रोकेको थियो ।

नेपालमै कर्मचारी रोकिएपछि सिएमसीले धरौटी रोक्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । अदालतले अन्तरिम आदेश जारी गरेलगत्तै कम्पनी सरकारको सम्पर्कमा समेत आएको थियो । तर उसले काम गर्ने प्रतिवद्धता भने नदेखाएपछि सरकारले पुनस् ताकेता गरेको थियो ।

खानेपानी मन्त्री भएलगत्तै विना मगरले दसैंमै मेलम्चीको पानी आउने घोषणा गरेकी थिइन् । उनको घोषणा असफल भएको थियो । मगर मन्त्री भएपछि सिएमसीको म्याद पछिल्लो पटक सरकारले गत असारमा २ सय २० दिन थप गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...