प्रहरीले आफ्नै संगठनको इन्स्पेक्टर पक्राउ गर्न सकेन

को हुन् ‘विवादित’ इन्सपेक्टर शाही ?

Binu sahi

काठमाडौं । जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरे पनि प्रहरी निरीक्षक (इन्स्पेक्टर) विनु कुमारी शाही अझै पक्राउ परेकी छैनन् ।

ललितपुरको भैँसेपाटी प्रहरी प्रभाग प्रमुख रहँदा एक व्यवसायीलाई ‘हनीट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गर्न खोजेको खुलेपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हाे ।

अदालतले पक्राउ अनुमति दिए पनि उनलाई पक्राउ गर्न भने प्रहरीले सकेको छैन ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले इटहरीकी सुष्मा विक, भीमाकुमारी थापा, ताज स्लाम र भैँसेपाटी प्रमुख हुँदा इन्स्पेक्टर शाहीकै सवारी चालक प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई प्रहरीले थुनामा राखेर अनुसन्धान जारी राखेको छ ।

उनीहरू एक महिनाअघिदेखि प्रहरीकै थुनामा छन् । इन्स्पेक्टर शाही भने प्रहरीको फरार सूचीमा रहे पनि सामाजिक सञ्जालमा भने सक्रिय छिन् ।

प्रहरी स्रोतका अनुसार उनी केही प्रहरी अधिकारी र गृह मन्त्रालयकै संरक्षणमा छिन् । तीन वर्षअघि मात्रै प्रहरी इन्स्पेक्टरमा भर्ना भएकी बिनुको अलग्गै हिम्मतले यस्तो काम गर्ने कुरा पनि भएन । घटनाको छिनछिनमा एसपी थापाले चासो राखेका छन् । बिनु नेपाली कांग्रेस समर्थित परिवारकी सदस्य हुन् । सशस्त्र द्वन्द्वकालमा उनका बुबालाई माओवादीद्वारा हत्या गरेका थिए ।

को हुन् ‘विवादित’ इन्सपेक्टर शाही ?

बिनुकुमारी शाही उनै विवादित इन्सपेक्टर हुन्, यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन्। विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्।

त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो। त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो। गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो। उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो।

तर त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको थियो। सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन। तर बजेट बिनाको सो प्रभागमा शाहीलाई कमाण्ड दिएर काजमा खटाइएको थियो। र, हनी ट्रयापको घटनामा बलात्कारमा फसाइदिने भन्दै इन्स्पेक्टर शाहीले एक युवतीसँग मिलेर ३० लाख पैसा लिएको स्रोतले दाबी गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...