मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर विश्वकर्मा चयन भएका छन् ।

मुक्ति समाजको आठौं जिल्ला सम्मेलनबाट उपाध्यक्षमा टंक विश्वकर्मा, सचिव लक्ष्मी परियार, उपसचिवद्धयमा पन्चविर विश्वकर्मा र ज्ञानेन्द्र दर्जी चयन भएका छन् । सदस्यहरुमा निर्मला परियार, आशिष लम्जेल, चन्द्र विश्वकर्मा, निर्मला बर्देवा लगायत २३ सदस्य जिल्ला कमिटी चयन भएको छ ।

यसअघि भएको उद्घाटन कार्यक्रममा मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर विश्वकर्मा, महासचिव अनुभुती बम नेपाली, उपमहासचिव सोमनाथ पार्तेल, केन्द्रिय सदस्य यज्ञकुमारी रुचाल, कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्मा, नेकपा एमाले धनकुटा अध्यक्ष शिव आङ्ला लगायतले दलित समुदायको मुक्तिका लागि सम्पूर्ण दलित समुदाय एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...