धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड

Time card

धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरण गरी यात्रुहरुको सुरक्षित यात्राको लागि कोशी लोकमार्ग अन्तरगत भेडेटारदेखि सिधुवासम्मका रुटमा चल्ने यात्रुवाहक सवारी साधनमा आजदेखि टाईम कार्ड लागु गरिएको हो ।

साँगुरीगढी गाउँपालिका ६ स्थित भेडेटारमा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल र साँगुरगिढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले यात्रु वाहक सार्वजनिक सवारी साधनमा टाईम कार्डको शुभारम्भ गर्नुभयो ।

टाइमकार्ड अन्तर्गत भेडेटारदेखि मुलघाटसम्म १७ किलोमिटर दूरीको लागि ४० मिनेट तय गरिएको छ । यस्तै मुलघाट-धनकुटा १८ किमी ४० मिनेट, धनकुटा-हिले १३ किमी ३० मिनेट, हिले-लेगुवा २६ किमी ५५ मिनेट र हिले-सिधुवा १२ किमी लाई २५ मिनेट समय निर्धारण गरिएको छ ।

शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले टाईम कार्ड लागु भएपश्चात सवारी दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त गर्नु हुँदै चालकहरुले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखि निर्धारित समय तालिकाको पालना गर्न आग्रह गर्नुभयो ।

सो कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, जिल्ला प्रहरीजितेन्द्र राई, नेपाली सेना भीम दल गण सल्लेरी ब्यारेक धनकुटाका प्रमुख सेनानी गणेश थापा, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक मदन नाथ, राष्ट्रिय अनुसन्धान बिभाग धनकुटाका प्रमुख रुद्र बहादुर गुर्बछान, यातायात व्यवसायी, सवारी चालक तथा सहचालक लगायत स्थानीययको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...