कोशी प्रदेश सरकारद्धारा ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक

Ram bdr magar

वराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो ।

कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिईएको रानाले जनाएका छन् । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८१र०८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजना गरिएको थियो । चालु वर्षका लागि कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बजेटमध्ये असार मसान्तभित्र ३१ अर्ब ५८ करोड रुपियाँ खर्च हुने अनुमान सरकारले गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२र८३ का लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वास्थ्य पूर्वाधार विकास र सेवा विस्तारलाई प्राथमिकता दिँदै बजेट व्यवस्था गरिएको जानकारी दिए । विराटनगरस्थित शैलजा हृदयरोग केन्द्रलाई विशेषज्ञ अस्पतालको रूपमा स्तरोन्नति गरिने बजेटमा उल्लेख छ । साथै, प्रदेशभर स्वास्थ्य चेतना अभिवृद्धि गर्न ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नामक अभियान सञ्चालन गरिने योजना छ ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ सालका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको वार्षिक राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले आइतबार कोशी प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभएको हो ।

आगामी वर्षका लागि प्रस्तुत गरिएको अनुमानमध्ये चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १० करोड रुपियाँ अर्थात् ०.३ प्रतिशत रहेको छ ।

यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको मन्त्री मगरले बजेट वक्तव्यमार्फत जानकारी दिनुभयो । प्रदेश सरकारले स्थानीय तहमा गर्ने वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ७० करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि गर्न प्रस्ताव गरेको खर्च आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपूरक अनुदानबाट ३९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख प्राप्त गर्ने जनाएको छ ।

यस्तै राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३२ अर्ब ७४ करोड ७९ लाख र रोयल्टीबाट ३५ करोड ६ लाख रुपैयाँ प्राप्त गर्ने मन्त्री रामबहादुर मगरले जानकारी दिनुभयो । बाँकी अपुग हुने रकम चालु वर्ष खर्च नभई बाँकी रहने नगद मौज्दातबाट ३ अर्ब १३ करोड व्यहोरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

कोशी प्रदेश सरकारले ल्याएको बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड, खानेपानी, सिंचाइ तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि ९६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कोशी प्रदेश सरकारले प्रदेशको उच्च आर्थिक वृद्धि कायम गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा कृषि उत्पादन वृद्धि गर्दै बसाइसराइ न्युनीकरण गर्ने उद्देश्य राखेर बजेट तर्जुमा गरेको जनाएको छ । बजेटमार्फत सरकारले पर्यटन विकास र प्रवर्धनमा जोड दिएको देखिए पनि प्राथमिकता किटान गर्न भने नसकेको देखिन्छ ।

कोशी प्रदेश सरकारले बजेटमार्फत खाद्य पोषण कार्यक्रम सञ्चालन गर्ने, स्वच्छ दुध तथा मासु उत्पादन गर्न खोरेतविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने, विद्यालयहरूमा स्वयंसेवक विज्ञान शिक्षक कार्यक्रम, पर्यटन प्रवर्धन र पर्यटन पूर्वधार विकासमा लगानी गर्ने जस्ता अधिकांश विगतकै कार्यक्रमहरूलाई निरन्तरता दिएको छ ।

कोशी प्रदेशमा उत्पादित घिउ विदेश निर्यात गर्न प्रोत्साहन गर्दै सरकारले दिने अनुदान भने बढाएको छ । घिउ निर्यात गर्दा प्रतिकिलो १०० रुपियाँका दरले दिइँदै आएको अनुदान रकमलाई बढाएर प्रतिकिलो १२० रुपैयाँ बनाइएको छ ।

यसैगरी चालु वर्षमा सरकारले आयोजना गर्न नसकेको अन्तर्राष्ट्रिय चिया सम्मेलन आगामी वर्षमा गर्ने गरी बजेट विनियोजन गरेको छ । त्यसका लागि सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै प्रदेशमा निर्माण गरिएका चार वटा पदमार्गहरुको विकास तथा प्रवर्धन गर्न ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने पर्यटन प्रवर्धनका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...