उद्योग वाणिज्य महासंघको विधान संशोधन, घट्यो कार्यकाल पनि

Fncci nepal

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था हटाएको छ भने ३ वर्षे कार्यकाल पनि घटाएको छ ।

मंगलबार बसेको विशेष साधरणसभाले ६ वटा संशोधन गरेको छ । जसमा अध्यक्षको कार्यकाल २ वर्ष, उपाध्यक्ष ५ जना र १ जना वरिष्ठ उपाध्यक्ष हुने व्यवस्था गरेको छ ।

हाल उपाध्यक्ष रहेका हेमराज ढकाल, ज्योत्सना श्रेष्ठले अझै २ कार्यकालपछि मात्रै प्रत्यक्षमा निर्वाचन गर्नुपर्ने माग गरेका थिए । तर साधरणसभामा उपस्थित अधिकांश सदस्यले अञ्जन श्रेष्ठपछि नै प्रत्यक्ष निर्वाचन माग गरेकाले त्यसलाई सर्वसम्मत रुपमा पारित गरिएको हो । हाल अध्यक्षको कार्यकाल ३ वर्षको हुने व्यवस्थामा संशोधन गरेको हो ।

अब वरिष्ठ उपाध्यक्ष कार्यसमितिले नै चयन गर्ने भएको छ । मतभार बढी रहेको जिल्ला नगरतर्फ २ उपाध्यक्ष, वस्तुगत र एसोसिएट तर्फ १ उपाध्यक्ष र १ जना महिला उपाध्यक्ष हुने व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस