धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न
धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन गरेको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख सरोज पौडलको प्रमुख आतिथ्यता भएको सो एकदिने आधारभूत अभिकर्ता तालिममा जिल्लामा रहेका अभिकर्ता, सुरक्षा निकायका अधिकारी लगायतको उपथिस्ती थियो ।
२०८० साल असार २२ गते कोशी प्रदेशको विराटनगरमा केन्द्रिय कार्यालय राखेर शुरु गरेको यो गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले एक वर्षअघि धनकुटामा उपशाखा खोलेको थियो । शाखा प्रमुख तुलषा पौडेलका अनुसार धनकुटामा शाखा खोलिएपछि ग्रामिण क्षेत्रका बासिन्दाहरु वीमाप्रति आकर्षित बन्न थालेका छन् । धनकुटामा ६० जनाभन्दा बढी अभिकर्ताहरु छन् ।
ठूला इन्स्योरेन्स कम्पनीहरुले करोडौं रकम बराबरको वीमा गर्ने भए पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बढीमा ५ लाखसम्मको मात्रै वीमा गर्न पाउँछ । यसको न्युनतम बिमांक रकम १० हजार छ । यो इन्स्योरेन्सको मुख्य उदेश्य पनि न्युन आय भएका नागरिकको सम्पत्ति र जिउ ज्यानको संरक्षण गर्ने हो ।
प्रतिकृया दिनुहोस