उपत्यकासहित १४ जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा

Jhyaple

काठमाडौं । सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङका प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्ता क्षेत्र घोषणा गर्नका लागि सिफारिस गरेको थियो ।

गत असोज ११ १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरुको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्‌मा परी २३९ जनाको मृत्यु भएको छ भने घाइते १६९ घाइते, १८ जना अझै बेपत्ता रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...