सरकारलाई चुनौती दिँदै पूर्वराजदूत रायमाझी, स्पेनमै शरणार्थी बन्ने चाहना

Bharatbahadur 2

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बसिरहेका छन् । रायमाझीलाई मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर नेपाल फिर्ता बोलाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावासलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गरेका छन् । परराष्ट्रले तोकेको समयसीमाअनुसार उनी माघ २ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने थियो ।

स्वदेश फर्कन केही समय थप गर्न आग्रह गर्दै रायमाझीले परराष्ट्रलाई पत्राचार गरे पनि उनको माग अस्वीकार गर्दै तोकिएकै मितिमा फर्कन निर्देशन दिइएको छ । उनी पदमुक्त भए पनि म्याड्रिडको राजदूत निवासमा राजदूतको सुविधा लिएर बसिरहेका छन् । उनले निवास नछोडेपछि बिजुली, पानी, इन्धन, टेलिफोन पूर्ववत् अवस्थामा प्रयोग भइरहेकाले राज्यलाई ठूलो व्ययभार थपिएको दूतावासका अधिकारी बताउँछन् ।

उनको हैसियत पूर्वराजदूतको भइसकेको छ । तर, उनी दूतावासकै खर्चमा आफ्नो र परिवारको औषधि उपचार गराइरहेका छन् ।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नु उनको पनि नैतिक दायित्व रहेको तर निर्णय नै अटेर गरेपछि परराष्ट्रले सोझै एक्सन लिनुपर्ने दूतावास अधिकारी बताउँछन् । दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले दूतावासले अब मन्त्रालयको निर्देशन अनुसार आफ्नो काम कारबाही अघि बताए ।

सरकारले रायमाझीलाई फिर्ता बोलाएपछि पौडेलले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेका छन् । पूर्वराजदूत रायमाझीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा किर्ते बिल प्रयोग गरी हिनामिना गरेको उजुरीसमेत परेको छ । स्पेनबासी नेपालीले भने उनले स्पेन सरकार समक्ष शरणार्थीको निवेदन दिएर यतै बसोबास गर्न चाहेको अनुमान गरेका छन् ।

बेलायतका लागि तत्कालीन राजदूत मुरारीराज शर्माले आफ्नो पदावधि सकिएपछि बेलायत सरकारसमक्ष शरणार्थी घोषणाको माग गरेर नेपाल नफर्की उतै बसेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...