नेपालको दुर्लभ अर्ना मार्न भारतको १५ गोली, वन मन्त्रीले नै गरे पुष्टी

Arna news

काठमाडौं । एकसाता अघि आएको विनासकारी बाढी पहिरोले ठूलो जनधनको क्षति भयो । बाढीपहिरोमा परी २३६ जनाको मृत्यु भइसकेको छ भने १० हजार बढी विस्थापित भएका छन् ।

पशुपंक्षि पनि पनि उत्तिकै हताहती भएका छन् । केही पशुपंक्षी बाढीबाट बच्न सफल भए भने केही बगेर मरे । यसैक्रममा गत साता सप्तकोशीमा आएको भीषण बाढीले नेपालबाट बगाएर लगेका अर्नालाई भारतमा गोली हानी मारिएको छ । कोशी टप्पु बन्यजन्तु आरक्षबाट बाढीमा बगेर भारतको बिहारस्थित सुपौल जिल्लामा पुगेका अतिदुर्लभ प्रजातिका ६ मध्ये एउटा अर्नालाई गोली हानी मारिएको हो ।

बिहारको सुपौल जिल्लामा कोशी नदीको जलस्तर अचानक बढेपछि अर्ना पनि बगेका थिए । यही बुधबार बसन्तपुर प्रखण्डको भगवानपुर पञ्चायत वडा नम्बर २ मा नेपालको जंगलबाट बगेर गएको अर्नाले दुईजनालाई हानेको थियो । यस क्रममा ५० वर्षीय भुवनेश्वर मण्डल र २५ वर्षीय मुकेश कुमारले घटनास्थलमै ज्यान गुमाएका थिए । घटनापछि मृतकका परवार र गाउँलेले आक्रोशसहित राजमार्ग अवरुद्ध गरे ।

यो घटनालाई लिएर विरोध भएपछि बिहार प्रदेशका बहालवाला मन्त्री निरजकुमार सिंह (बब्लु) खटिएका थिए । उनैले उक्त अर्नालाई गाउँलेले घेरेर मारेको खबर सामाजिक सञ्जालमा हालेका छन् । उक्त अर्नालाई १५ गोली हानेर ज्यान लिएको बताइएको छ।

उनले नवरात्र आरम्भ हुनु एक दिनअघि राक्षस महिषासुरको सवारी भैंसीलाई स्थानीयले मारिदिएका बताएका छन् । ‘यसैगरेर हाम्रो क्षेत्र एवम् पूरा प्रदेशमा जगत जननी माँ भगवतीको आशीर्वाद बनिरहोस् । आम जनमानसको सहयोग एवम् आशीर्वाद पनि मिलिरहोस्’, उनले फेसबुकमा लेखेका छन् ।

अतिदुर्लभ प्रजातिमा सूचीतकृत जंगली जनावरको हत्या गर्न नपाइने अन्तर्राष्ट्रिय कानुन छ । तर बिहारका वन पर्यावरण तथा जलवायुमन्त्री निरजकुमार सिंहले अर्नाको ज्यान लिएको खबर आफ्नो फेसबुक पेजमै हालेका छन् ।

कोशीमा आएको बाढीमा ६ वटा अर्ना बगेर सुपौल जिल्लाको रानीगञ्ज पुगेका थिए । बाढी घटेपछि अर्नाको बथान गाउँ छिरेको थियो । अर्नालाई धपाउन कस्सिने क्रममा भुवनेश्वरलाई हानेको थियो । त्यसपछि अर्काको पनि ज्यान लिएपछि अर्नालाई गोली हानिएको थियो ।

मारिएको अर्नामाथि गाउँलेले रिस पोख्दै लात्ती बर्साए । एउटालाई गोली हानेर मारिएको छ । अन्यको अवस्था खुलेको छैन । बाढीमा बगेर बिहार पुगे अर्ना नेपाल फर्काउन अझै पहल भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...