क्रमसः बाहिरिन थाल्यो मनसुन, आगामी ३ दिन भने वर्षाको सम्भावना कायमै

Mausam news

काठमाडौं । नेपालका केही भूभागबाट यो वर्षको मनसुन बाहिरिएको छ । गत असार पहिलो साता भित्रिएको मनसुन बाहिरिन थालेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सामान्यतया एसिया र दक्षिणपूर्वी एशियामा सम्बन्धित छ । भारतीय उपमहाद्वीपमा हुने उच्च तापमानले बंगालको खाडीबाट मनसुनी हावा आउने गर्छ । हिन्द महासागरको पानी वाफ बनेर हावामा मिसिन्छ । वाफ सहितको हावा भारत, नेपाल, श्रीलंका र बंगलादेश लगायतका देशतर्फ बहन्छ । तातो हावा चिसिएपछि पानी पार्छ । हिउँदयाममा फेरि हावाको दिशा परिवर्तन हुन्छ र मनसुन हिन्द महासागरतर्फ जान्छ ।

महाशाखाका अनुसार आज सुदूरपश्चिमसहित कर्णाली प्रदेशका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन हटेको हो । मनसुनी वायु कमजोर हुँदै गएकाले केही दिनमा देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

अक्टोबर २ भित्र नेपालबाट पूर्ण रूपमा मनसुन हटिसक्नुपर्ने भए पनि हरेक वर्ष सरदर मितिभन्दा केही दिन ढिलो वा चाँडो मनसुन बाहिरिने गरेको मौसमविद्हरुले बताउने गरेका छन् । मौसम प्रणाली बाहिरिन थाले पनि आगामी ३ दिन भने वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले बताए।

अहिले कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका १/२ स्थानमा हलुका वर्षा भइरहेको विभागले जनाएको छ । केही दिनदेखि तापक्रम पनि घट्दै गएको बताउँदै विभागले अबका दिनमा प्रश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने बताएको छ । यो वर्षको मनसुनमा काठमाडौँ उपत्यकासहित देशका २५ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूको रेकर्ड ब्रेक हुने गरी अत्यधिक पानी परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...