लिटिल स्टार अफ द इयर सम्पन्न
काठमाडौं । ‘लिटिल स्टार अफ द इयर २०१९’ को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले चुम्न सफल भएका छन् ।
नेरिस्का (ग्रुप–ए), अभिनभ (ग्रुप–बि) र शोनित शाख (ग्रुप–सि) तर्फको बिजेता बन्न सफल भएका हुन् । सबै बिजेताले शिर्ष उपाधिका साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत हात पारे । ७ देखि १४ बर्षसम्मका ६५ बालबालिकाको सहभागीता रहेको प्रतियोगीतामा ७ देखि ९ (ग्रुप ए), १० देखि १२ (ग्रुप बि) र १३ देखि १४ (ग्रुप सि) गरि भिन्न भिन्नै तीन समुह बिभाजन गरिएको थियो ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा ग्रुप (ए) तर्फ बेलिश्ना जीसी फष्टरनर अफ, एन्जेल वान्तावा सेकेण्ड रनरअफ, सुनिश्का मिश्रा, थर्ड रनरअफ र नेरिया न्यौपाने फोर्थ रनरअफ चुनिदा ग्रुप (बि) तर्फ प्रिन्स प्रसिद थापा, आरोन लाल श्रेष्ठ, राजा श्रेष्ठ, दीपसन भुजेल क्रममा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअफ घोषित भए ।
ग्रुप (सि) तर्फ भने पल्शा खड्का, आस्का श्रेष्ठ, आन्नया भट्टराई र युभानी लोहनी क्रममा फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्ट रनरफको उपाधि चुम्न सफल सफल भए ।
बिभिन्न सांगीतिक तामझामका साथ आयोजित प्रतियोगितामा लिटिल स्टार आलिया पन्त, रियान चुशाकी, प्रक्रित केसी, लिटिल प्रिन्सेज सम्बृद्धी ओझा, लिटिल प्रिन्स प्रकृत केसी घोषित भए ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माणतिर अग्रसर गराउने उद्देश्यले प्रतियोगिता केही बर्षदेखि नियमित आयोजना हुँदै आएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस