काठमाडौं १ मा उप्रेतीको सक्रियता : बहाना दशैंको शुभकामना, मिसन चाँही ०८४ !

Rpp program

काठमाडौं । नेपालीहरुको महान चाड बडा दसैंको प्रारम्भ भएसँगै देशभर शुभकामना आदानप्रदानका कार्यक्रम पनि सुरु भएका छन् ।

राजनीतिक दल लगायतका बिभिन्न संघ संस्था र नागरिक अगुवाहरुले दसैं, तिहार, छठ र नेपाल सम्वतको अवसरमा चियापान लगायतका कार्यक्रम गर्दै आपसी सद्भाव र शुभकामना आदानप्रदान मात्र होइन राजनीतिक दाउपेचसमेत सुरु गरेका छन् ।

साथै दलका नेताहरूले मोबाइलबाट एसएमएस पठाएर शुभकामना दिइरहेका छन् । सामाजिक सञ्जालमा शुभकामना दिनेमा दलका नेताहरू नै बढी देखिन्छन् । यो बाहेक सार्वजनिक कार्यक्रम आयोजना गरेर शुभकामना र राजनीति एकसाथ बढाउनेहरु पनि प्रशस्त छन् ।

यसैक्रममा राजधानी कै मुटु मानिएको काठमाडौ क्षेत्र नं. १ मा पनि शुभकामना आदानप्रदान कार्यक्रम सुरु भएको छ । काठमाडौं क्षेत्र नं. १ मा आगामी निर्वाचनमा चमत्कारिक रुपमा नयाँ नेतृत्व उदाउने संकेत देखिएको छ ।

काठमाडौं क्षेत्र नं. १ निवासी समाजसेवी शोभित उप्रेतीको सक्रियताले शुभकामना आदान प्रदान कार्यक्रममार्फत् आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । उनी २०८४ को निर्वाचनमा उम्मेदवार बन्ने तयारीकासाथ सक्रिय बनेको देखिएको छ । हाल राप्रपा सहकोषाध्यक्ष रहेका उप्रेतीले यसअघि रविन्द्र मिश्रलाई सघाए पनि यसपटक भने उनी आफैँ तयारीमा जुटेका छन् ।

उप्रेतीले आफू उम्मेदवार हुने संकेत असोज १७ गते घटस्थापनाको अवसर पारेर गरेका छन् । कामनपा १ नागरिक समाज, नेपाल साहित्यक पत्रकार संघ र एसएस फाउन्डेसनले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई समेत उपस्थित गराउँदै आफ्नो लोकप्रियता सिद्ध गरेका छन् ।

कार्यक्रममा अध्यक्ष लिङदेनले नख्खु बाढीमा २ जनाको ज्यान बचाउने चणिकलाल तामाङलाई ५० हजार नगदसहित सम्मान गरेका थिए । लिङदेनले चणिकलालबाट सबैले प्रेरणाा लिनुपर्ने बताउँदै यस्तो अवसर जुटाएकोमा उप्रेती लगायतलाई धन्यवाद दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...