साउदी अरेबियाबाट फर्किएका ४४ वर्षीय युवकलाई मंकीपक्स संक्रमण पुष्टि

Monkey pox

काठमाडौं । नेपाल थप एक जनालाई मंकीपक्स संक्रमण पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका ४४ वर्षीय युवकलाई मंकीपक्स पुष्टि भएको हो । ती युवामा संक्रमणको शंका भएपछि उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँबाट आएको रिपोर्ट अनुसार उनमा मंकीपक्सको संक्रमण देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत १ असारमा पहिलोपटक नेपालमा एक विदेशी महिलालाई मंकीपक्स देखिएको थियो । त्यसयता दुई जनालाई नेपालीमा मंकीपक्स देखिएको छ ।मंकीपक्स पुष्टि भएका ती व्यक्तिको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न एक चिकित्सका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि गत ५ पुसमा साउदी अरबियाबाटै फर्किएका ३६ वर्षीय युवालाई मंकीपक्स पुष्टि भएको थियो । चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।

यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि बिफरको तुलनामा मंकिपक्स कम गम्भीर र विरलै घातक हुन्छ ।

सरुवा रोग विशेषज्ञहरूका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्छ । संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ ।

मंकीपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा हराएर जान्छन् । बच्चाहरूमा भने गम्भीर समस्या देखा पर्न सक्छ । रोगको गम्भीरता भाइरस संक्रमणको मात्रा, बिरामीको स्वास्थ्य स्थिति र जटिलताको प्रकृतिसँग सम्बन्धित हुन्छ । यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा गम्भीर समस्या निम्त्याउन सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

त्रिवि स्ववियु सचिवको धर्ना सकियो, ३५ बुँदे सहमतिपछि धर्ना स्थगित

Tu sahamati

काठमाडौं । विश्वविद्यालयको शैक्षिक सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थी र प्रशारसनबीच सहमति भए...