नेपालमा पहिलोपटक एक जनामा ‘मंकीपक्स’ पुष्टि

नेपालमा पहिलोपटक एक जनामा ‘मंकीपक्स’ पुष्टि

काठमाडौं । नेपालमा पहिलोपटक एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेवियाबाट विहीबार मात्रै फर्किएका ३६ वर्षीय नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको हो । स्रोतका अनुसार शुक्रबार पुष्टि भएका व्यक्ति साउदीबाटै लक्षण लिएर आएका थिए । एयरपोर्टबाट सिधै ग्राण्डी अस्पताल पुगेका  उनी  त्यहाँबाट टेकु अस्पताल रिफर भए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको स्याम्पल परीक्षण पछि  त्यहाँबाट आएको रिपोर्ट अनुसार उनमा मंकीपक्सको संक्रमण देखा परेको हो ।

यसअघि गत असार १ गते एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो । अस्पताल स्रोतका अनुसार अहिले ती बिरामीको अवस्था सामान्य छ । उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिलाई ट्रेसिङ गर्ने काम भइरहेको मन्त्रालयका एक अधिकृतले बताए । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व, निर्मला शर्माको नेतृत्वमा बन्यो यस्तो टीम

Fnj election winner

काठमाडौं । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक महिलाले नेतृत्व गर्ने अवसर जुरेको छ । अध्यक्ष...