महाधिवेसनको झल्को दिने एकीकृत समाजवादीको पदाधिकारी निर्वाचन, मतगणना शुरु

Cpn us matagarana

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी मतगणनामा विवाद भए पनि फेरि शुरु भएको छ । एकीकृत समाजवादीको पोलिटब्यूरो र पदाधिकारी चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ ।

मतगणना शुरु हु लाग्दा तीन जना केन्द्रीय सदस्यलाई मतगणना स्थलमा लगेपछि विवाद भएको थियो । नेताहरूले मतगणना स्थलमा होहल्ला गरेका छन् । विवाद भइरकेका बेला भिडियो फोटो खिच्दै गरेको समाजवादी प्रेस संगठनका नेता निर्मल अधिकारीको मोवाइल खोसिएको थियो । युवा संघका नेता नितेश पौडेलले पत्रकार अधिकारीको मोबाइल खोसेर सबै फोटो डिलिट गरेपछि फिर्ता दिएका थिए । विवाद भएपछि महासचिव घनश्याम भुसालले सबैलाई बाहिर पठाएर हल खाली गराएका छन् ।

काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा मंगलबार अपराह्नसम्म मतपेटिका बनाइएको ड्रममा खसाइएको मत गन्न थालिएको हो । १७ पदाधिकारी र १०५ पोलिटब्यूरो चयन गर्न एकीकृत समाजवादीले १०औं महाधिवेशन सम्पन्न गरेको झण्डै डेढ महिनापछि निर्वाचन गराएको हो ।

पार्टी अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल भने यसअघि नै निर्विरोध भएका थिए । त्यसबेला ९३ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत छानिएका थिए । आजै पनि निर्वाचनअघि घनेन्द्र बस्नेतलले बरिष्ठ नेतामा चित्त बुझाउँदै उम्मेदवारी फिर्ता लिएपछि पार्टीका नेता राजेन्द्र पाण्डे यसअघि नै वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएका थिए ।

त्यसपछि आइतबारको केन्द्रीय समिति बैठकले २५१ जनालाई केन्द्रीय समितिमा चयन गरेको थियो । अधिकांश पदाधिकारी पदमा सहमति नभएपछि महाधिवेशनकै झल्को दिने गरी समाजवादीले चुनाव गरेको हो । १७ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि दिएका उम्मेदवारी परेको थियो । समाजवादीमा ६ उपाध्यक्ष, ४ उपमहासचिव, ७ सचिवको निर्वाचन भइरहेको छ ।

६ उपाध्यक्षका लागि १५ जना र ४ जना उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको छ । अन्तिम नामावली सार्वजनिक हुँदा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती राई भिडेका छन् । आन्तरिक चुनाव भए पनि थोरै पदका लागि धेरै आकांक्षी भएकाले प्रतिस्पर्धा कडा देखिएको छ ।

पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न भएको मतदानमा ३४४ केन्द्रीय सदस्य रहेकोमा ३२२ मत मात्रै खसेको छ । अन्य उपस्थित थिए । मतदान सकिएपछि अहिले पदाधिकारीको मतगणना चलिरहेको छ । मतगणना स्थलमा विवाद भएपछि अहिले थप प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुर्य थापाको रविमाथि व्यङ्ग्य- कलाबिहीन नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप

Surya rabi

काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले र...