१५ मिनेट बैठक बहिष्कार गरेर हलभित्र छिरे रास्वपाका सांसदहरु

Rsp abarodh

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका छन् । केहीबेरअघि बैठक बहिष्कार गरेका सांसदहरू १५ मिनेटपछि प्रतिनिधिसभा बैठकमा सहभागी भएका हुन् ।

सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेका थिए । सभामुख देवराज घिमिरेले आफूहरूको कुरा नसुनेको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरे ।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकको सुरुमा नै रास्वपाले अवरोध गरेको थियो । रास्वपाले आफ्ना विषय राख्नुपर्ने भन्दै समय मागेर सिटबाट उठेर अवरोध गरेको हो । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई बस्न र सभाको कारबाही अगाडि बढ्न दिन आदेश गरेका थिए । तर, रास्वपाका सांसदहरूले भने आकस्मिक समयमा कुरा राख्नुपर्ने भएकाले समय माग गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...