हैजा संक्रमितको संख्या बढ्दै, सर्तकता अपनाउन विज्ञको सुझाव

Haija logo

काठमाडौं । पछिल्ला केहि दिनयता नेपालमा हैजा संक्रमितको संख्या बृद्धि हुँदै पाइएको छ ।

ललितपुर, काठमाडौं तथा कैलालीमा हिजोसम्म २५ जनामा हैजा संक्रमण पहिचान भएको गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

तीमध्ये ललितपुरमा सबैभन्दा धेरै १६, काठमाडौंमा १ र कैलालीको धनगढीमा ८ जनामा हैजा संक्रमण देखिएको छ । ललितपुरको गोदावरी नगरपालिका १४ स्थित, एक पुनस्थापना केन्द्रमा, इमाडोलमा र काठमाण्डौंको टोखा क्षेत्रमा गरी काठमाण्डौं उपत्यकामा १७ जनामा हैजा पाइएको हो ।

कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–१ का २ जना तथा अन्य बस्ती बाक्लो भएको स्थानमा नमुना परीक्षण गर्दा ६ जनामा हैजा संक्रमण देखिएको हो । हैजा देखिएका स्थानमा निगरानी भईरहेको महाशाखाले जनाएको छ ।

विज्ञले विशेषगरी खानेपानीको माध्यमबाट हैजा सर्ने भएकाले यसलाई शुद्धिकरण गरेर पिउन र खानेकुरा खाँदा राम्रोसँग पखालेर मात्र खान आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...