बालबालिकाका लागि कोभ्याक्समार्फत २४ लाख मात्रा खोप नेपाल आइपुग्यो
खोप हाल अभियान जारी रहेको २७ जिल्लामा पठाइने
काठमाडौँ । कोरोनाभाइरसविरुद्धको थप करिब २४ लाख मात्रा फाइजर खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा जानकारी दिएको छ ।
यो खोप हाल अभियान जारी रहेको देशका २७ जिल्लामा पठाइने छ । खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई समेत यो खोप दिइनेछ । यो खोप माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।
यसअघि सरकारले ६ असारमा पनि २२ लाख मात्रा खोप प्राप्त गरेको थियो ।
प्रतिकृया दिनुहोस