पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

Corona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५५ पुगेको छ।

यस्तै आज १ हजार ४१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा १३ हजार ३७७ पीसीआर तथा ४ हजार ६० एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...