मानव स्वास्थ्यसँग सम्बन्धित वस्तुको अनुगमन

Inspection1

पोखरा । रुपा गाउँपालिका कार्यालय कास्कीले गाउँपालिका क्षेत्रभित्र मानव स्वास्थ्य र त्यससँग सम्बन्धित विविध वस्तुको अनुगमन गरेको छ ।

कार्यालयले स्वास्थ्य संस्था, विद्यालयका साथै मानिसले उपयोग गर्ने औषधिजन्य वस्तु, खाद्यान्न आदिको सम्बन्धित विषय सम्बद्ध प्राविधिकको उपस्थितिमा अनुगमन गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

उनका अनुसार छुट्टछुट्टै २ समूहमार्पmत गाउँपालिकाका वडा नं ३, ४, ५ र ७ का मुख्य बजार देउराली, गैरापोखरी, पोल्याङ, रामदी, रामपुर र पिप्लेका १२० वटा पसलमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका विभिन्न कम्पनीका बिस्कुट, सुजी, खानेतेल, गुल्कोज लगायतका सामग्री म्याद सकिएका पाइएको उनले बताए ।

त्यस्तै साँझ ५ : ०० देखि ९ : ०० बजेसम्म बाहेक अन्य समयमा मदिरा बिक्री वितरणमा पनि रोक लगाइएको छ ।

अनुगमन टोलीमा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्य, पशु स्वास्थ्य, कृषि क्षेत्रका प्राविधिक सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...