स्वास्थ्यमन्त्री पोखरेललार्इ नै भयो टाइफाइड
उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल टाइफाइड भएपछि उपचारका लागि आज वीर अस्पताल भर्ना भएका छन् । देशको सम्पूर्णा स्वास्थ्यको नेतृत्व गर्ने मन्त्रीलाइ नै पानीमा दिसाको प्रदुषणका कारण लाग्ने राेग लागेपछि जनताको स्वास्थ्य तथा सरसफाइको अवस्था के हाेला ।
वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको बताएका छन् । उनलाई घाँटी दुख्ने, रुघाखोकी र छातीमा समेत समस्या देखिएको छ । उनले भने, 'आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि पूर्णरुपमा आरामको जरुरी छ, करिब तीन दिन अस्पतालमा नै उपचार गराउनुपर्छ, उपचार शुरु गरी औषधि सुरु भइसकेको छ ।'
वीर अस्पतालका वरिष्ठ फिजिसियन डा सुरेन्द्र श्रेष्ठ मन्त्री पोखरेलको उपचारमा संलग्न छन् । वर्षापछि आएको बाढीपछि राहत र उद्धारका लागि तराई पुग्नुभएका मन्त्री पोखरेल एक सातादेखि नै अस्वस्थ भएकाले चिकित्सकको निगरानीमा थिए ।
चिकित्सकको निगरानी रही औषधि सेवन गरेपछि समस्या बढ्दै गएपछि आज दिउँसो अस्पताल भर्ना गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
क्यान्सर रोग निवारणका लागि सिधुवामा जनचेतनामुलक अभियान
धनकुटा । नेपाल अर्बुद रोग निवारण संस्था धनकुटाले क्यान्सर रोग निवारणका लागि शुरु गरेको जनचेतनामुल...
सहिदभूमिको खोकुमा एकीकृत घुम्ती शिविर सम्पन्न
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले शुरु गरेको एकीकृत घुम्ती शिविर अन्तर्गत आज वडा नं. ५ खोकु...
कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै, सतर्कता अपनाउन जरुरी
काठमाडौँ । वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने...
धनकुटाको छथरमा ७२२ जना किशोरीले लगाए एचपीभी खोप
धनकुटाको छथरजोरपाटी गाउँपालिकामा ७ सय २२ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप...
धनकुटा नगरपालिकामा १९११ किशोरीले लगाए एचपीभी खोप
धनकुटा । धनकुटा नगरपालिकामा १ हजार ९ सय ११ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी ख...
सहिदभुमीमा ८२१ किशोरीले लगाए एचपीपी खोप
धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा ८ सय २१ जना किशोरीले पाठेघरको मुखको क्यान्सर गराउने ह्युम...
धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति
धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...
प्रतिकृया दिनुहोस