माओवादी केन्द्रको नैतिक जित : भुषाल

Pampha

भक्तपुर । पहिलो तहको निर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको नेकपा माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचन गर्न सक्नुलाई नै जित मानेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षा अनुसार माओवादी केन्द्रले जित हासिल गर्न नसके पनि नैतिक रुपमा जित हासिल गरेको दावी गरेकी छन् ।

रफत सञ्चार क्लबले गरेको कार्यक्रममा भुषालले स्थानीय निकायको पहिलो चरणमा भएको निर्वाचनमा माओवादी केन्द्र तेस्रो भए पनि जनताले त्रिशक्तिलाई नै मतदान गरेको बताइन् । हार र जित स्वभाविक भए पनि माआवादी केन्द्रको एजेण्डा सफल भएको उनको दावी थियो ।

३१ जेठमा हुने दोस्रो चरणको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताउँदै उनले यो निर्वाचनमा असन्तुष्ट राजनीतिक दलहरु समेत सहभािग विश्वास ब्यक्त गरिन् ।

उनले सरकारले अहिले ल्याएको बजेट, नीति तथा कार्यक्रम नियमित भएको कारण यस बिषयमा टिकाटिप्पणी गरी आचारसंहिता विपरित भन्नु अर्थहिन भएको बताइन् । उनले विगतमा राजनीतिक दलबीच भएको सहमतिका आधारमा नै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताइन् । उनले सहमतिअनुसार नै प्रधानमन्त्री दाहालको राजीनामा बारे कुनै शंका गर्न नहुने बताइन् ।

भरतपुर महानगरपालिकालाई जोडेर प्रधानमन्त्रीले राजीनामा दिएको भन्ने हल्ला आधारहिन भएको उनको तर्क छ । उनले भनिन्, ‘रेणु दाहालले आफ्नो राजनीतिक कर्म अनुसार नै टिकट पाउनु भएको हो, प्रधानमन्त्रीको छोरी भएर होइन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको सिधुँवामा नवसाक्षरता कार्यक्रम प्रभावकारी बन्दै, अक्षर चिन्न छेकेन बुढ्यौलीले

Sidhuwa proaudh sikshya

धनकुटा । पढ्नलाई न उमेरले छेक्छ, न परिस्थितीले नै । अहिले धनकुटा छथरजोरपाटी गाउँपालिकाको सिधुवामा...