सहिदभुमीमा न्यायिक समिति र सरोकारवालसँग अन्तरक्रिया कार्यक्रम

Sahidvumi nyayik samiti

सहिदभूमी गाउँपालिकाको न्यायिक समितिले पालिकाभित्र रहेका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

न्यायिक समितिले यहि फागुन १ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको कार्यक्रममा पालिकाको वडा नं . १, ३, ५ र ६ गरी ४ वटा वडामा न्यायिक समिति र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । गाउँपालिका न्यायिक समितिले यसअघि गत आर्थिक वर्ष सहिदभुमी गाउँपालिकाको वडा नं २, ४ र ७ मा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको उजुरी प्रशासक दिपक राईले जानकारी दिए ।

यो वर्षको कार्यक्रममा वडा नं–१ का कार्यबाहक वडाध्यक्ष देवल कुमार राई, वडा नं. ३ का वडाध्यक्ष होमनाथ राई, वडा नं .५ का कार्यबाहक वडाध्यक्ष सफल राई र वडा नं ६ मा कार्यपालिका सदस्य दिवानी राईको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियोे ।

सो कार्यक्रममा सरोकारवालाहरुलाई न्यायिक समितिको काम कर्तवय, अधिकार र क्षेत्रहरुका बारेमा जानकारी गराइएको थियो । गाउँपालिका उपाध्यक्ष रत्नेश्वरी राईको सभापतित्वमा भएको सो कार्यक्रममा न्यायिक समिति पदाधिकारीहरु, वडाका जनप्रतिनिधिहरु, सम्वन्धित वडासचिव, मेलमिलापकर्ताहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

सो कार्यक्रमको सहजीकरण सहजकर्ता निलबहादुर थापा र खिन्द्र बहादुर अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको छथरमा घाँस काट्न गएका थापाको भेटियो शव

Khemrdj thapa

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ५ बोक्रेमा एक पुरुष मृत भेटिएका छन् । यही फागुन ३ गते आफ...