पाख्रीबास मेयर कपको उपाधी वडा नं. २ लाई

Pakhribas futbal

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा भएको मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. २ ले हात पारेको छ ।

जाल्पादेवी माविको खेल मैदानमा भएको फाइनल खेलमा वडा नं. २ र ६ बीच भएको प्रतिष्पर्धात्मक खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटमा वडा नं. २ ले ७ गोल गरेको थियो भने वडा नं. ६ ले ४ गोल गरेको थियो ।

खेलमा म्यान अफ द म्याच र उत्कृष्ट खेलाडी मनिलाल गान्छाकी मगर, उत्कृष्ट डिफेन्डरमा चेतराज पौडेल, उत्कृष्ट गोल किपर रबिन पुलामी मगर, उत्कृष्ट कोच निम मगर र सर्वाधिक गोलकर्ता निकेश भट्टराई घोषित भए ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

यही फागुन ४ गतेदेखि भएको सो मेयर कप फुटवल प्रतियोगितामा नगरपालिकाका १० वटै वडाको सहभागिता जनाएको मेयर कप फुटबल व्यवस्थापन समितिका संयोजक सरोज राईले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको छथरमा घाँस काट्न गएका थापाको भेटियो शव

Khemrdj thapa

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ५ बोक्रेमा एक पुरुष मृत भेटिएका छन् । यही फागुन ३ गते आफ...