६४ पदक हात पार्दै धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

Rastrapati raning sild bijeta

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

राजानीमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्वाधिक पदक हात पार्दै महालक्ष्मी नगरपालिका प्रथम भएको छ । १४ औं संस्करणमा पनि सर्वाधिक पदक जित्दै महालक्ष्मी प्रथम भएको थियो ।

राजारानीको पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा महालक्ष्मीले ३१ स्वर्ण, २५ रजत र ८ कांस्य गरी जम्मा ६४ पदक हात पारेको छ । यसैगरी धनकुटा नगरपालिका दोस्रो भएको छ । धनकुटाले १८ स्वर्ण, १६ रजत र ३० कांस्य सहित ६४ पदक नै पाएको छ ।
५ स्वर्ण, ७ रजत र ११ कांस्य जित्दै चौबिसे गाउँपालिका तेस्रो भएको छ ।

चौथो भएको साँगुरीगढी गाउँपालिकाले ३ स्वर्ण, ७ रजत र ७ कांस्य पदक प्राप्त गरेको छ । पाख्रीबास नगरपालिकाले २ स्वर्ण, ५ रजत र ५ कांस्य पाउँदा सहिदभूमि गाउँपालिका र छथर जोरपाटी गाउँपालिकाले १ स्वर्ण र ३ काँस्य प्राप्त गरेका छन् ।

प्रतियोगितामा धनकुटाका सात वटै पालिकाबाट करिव पाँच सय खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र १३८ कांस्य पदकका लागि विद्यार्थीहहरुले प्रतिष्पर्धा गरेको जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राईले जानकारी दिए ।

विजेताहरुलाई कोशी प्रदेशसभा सदस्य निरन राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई, चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बु लगायतले पुरस्कारहरु वितरण गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अग्रज पत्रकार भैरव रिसालको निधन, अन्त्येष्टिका कार्यक्रम नहुने

Bhairab risal

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उप...